सुदूर नेपाललाई विश्वसँग जोड्दै

बीमा भरे अनुदान पाइन्छ भन्दै महेन्द्रनगर र बैतडीमा ठगी गर्ने पक्राउ

२०७८ असार २, ०६:३५ खबर संवाददाता

बैतडी: बैतडी प्रहरीले ठगी धन्दामा लागेका एक युवकलाई पक्राउ गरेको छ। 

जिल्लाको पाटन नगरपालिका–२ सिलंगाका ३४ वर्षीय कमलराम विकलाई प्रहरीले पक्राउ गरेको हो। 

स्थानीयहरुले दिएको जाहेरीको आधारमा उनीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। 

विकले विभिन्न किसिमका कृषि अनुदान तथा आर्थिक प्रलोभन देखाएर सिटिजन लाइफ इन्स्योरेन्समा बीमा भर्न रकम संकलन गरेर ठगी गरेको स्थानीयको आरोप छ।

महेन्द्रनगरबाट २५ लाख र बैतडीबाट १५ देखि २० लाख रकम संकलन गरेर विकले ठगेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

त्यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ। 

कमेन्ट लोड गर्नुस