डडेल्धुरामा वर्षाले घर भत्कायो
२०७८ असार २, ०१:२०
धनगढी: केही दिनदेखि लगातार परिरहेको वर्षाले गर्दा डडेल्धुरामा एक घर भत्किएको छ।
जिल्लाको परशुराम नगरपालिका -४ रातामाटी कटालका राजेन्द्र नाथ र दशरथ नाथको दुईतले घर भत्किएको प्रहरीले बताएको छ।
ईलाका प्रहरी कार्यालय जोगबुडाका अनुसार मानवीय क्षति भने भएको छैन। यस्तै नगरपालिकाले सर्तक र पूर्व तयारीमा रहन अनुरोध गरेको छ।
कमेन्ट लोड गर्नुस