हिमानी कोष डडेल्धुराद्वारा ४० परिवारलाई राहत वितरण
डडेल्धुरा: हिमानी कोष डडेल्धुरा शाखाले ४० परिवारलाई राहत वितरण गरेको छ।
अमरगढी नगरपालिका वडा नम्बर १, ४, ५ र ७ मा रहेका एकल महिला र अति विपन्न परिवारलाई राहत वितरण गरिएको हो।
राहतमा १५ किलो चामल, एक पोका नुन, दाल २ किलो, क्वाटी २ किलो, १ लिटर तेल, ३ किलो आलु र १५ वटा अण्डा वितरण गरेको कोषका जिल्ला संयोजक विमल जैरुले बताए।
उनले आगामी दिनमा पनि अन्य विपन्न परिवारलाई कोषमार्फत राहत प्रदान गरिने बताएका छन्।