अवरुद्ध भीमदत्त राजमार्ग खुल्यो
२०७८ जेठ ३०, ११:५२
धनगढी: लगातारको वर्षातका कारण पहिलो गएर अवरुद्ध बनेको भीमदत्त राजमार्ग खुलेको छ।
डोटीको जोरायल गाउँपालिका–१ गैरामा पहिरो आउँदा अत्तरिया–दिपायल जोड्ने भीमदत्त राजमार्ग आइतबार बिहानदेखि अवरुद्ध भएको थियो।
सडक माथिबाट आएको पहिरोका कारण बिहान ६ बजेदेखि अवरुद्ध राजमार्ग केही बेरअघिबाट खुलेको प्रहरी चौकी गैराले जनाएको छ।
पहिरोले राजमार्ग अवरुद्ध भएपछि अत्यावश्यक सामग्री लिएर गइरहेका सवारी साधन रोकिएका थिए।
कमेन्ट लोड गर्नुस