सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा एमालेका भण्डारी ५९३ मतले अगाडी

२०८१ वैशाख १६, ०६:००

धनगढीः बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा (१) मा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी ५९५ मतले अगाडि रहेका छन्। नेकपा माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढा भन्दा एमालेका उम्मेदवार भण्डारीको ५९५ मत बढी रहेको हो।

निर्वाचन आयोगका अनुसार चार हजार २ सय १४ मत सदर भएकामा दमनबहादुर भण्डारीले एक हजार पाँच सय ९३ र बुढाले नौ सय ९८ मत पाएका छन्। नेपाली काँग्रेसका उम्मेदवार अभिषेक बहादुर सिँहको नौ सय ५५ मत रहेको छ। बझाङ क्षेत्र नम्बर १ मा कुल ६१ हजार ७ सय ४८ मतदाता रहेकोमा ३० हजार ३ सय २८ जनाले मात्रै मतदान गरेका छन्। राप्रपाका किशोर कुमार खड्काको ३४, एकीकृत समाजवादीका दिलबहादुर सिँहको पाँच सय ९५ मत रहेको छ।

नेमकिपाका खगेन्द्र बहादुर शाहीको एक मत, जनमत पार्टीका सुशीला देवी विष्टको चार मत, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दीपकबहादुर खड्काको ६ मत, जनता समाजवादी पार्टीका रामबहादुर खड्काको २७ मत, नेसनल रिपब्लिकन नेपालका कमल घर्तीमगरको १ मत र राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्र बहादुर थापाको शून्य मत रहेको आयोगले बताएको छ।

 

कमेन्ट लोड गर्नुस