चालक अनुमतिपत्र सहज बन्दै
यातायात व्यवस्था विभाग कोशी अञ्चल अन्तर्गतको चालक अनुमतिपत्र कार्यालय इटहरीले सेवाग्राहीलाई चालक अनुमतिपत्र प्रदान गर्न अनलाइन सेवा प्रयोगमा ल्याएको छ। दुई, तीन र चार चक्के सवारीसाधनको चालक अनुमतिपत्र सेवाग्राहीले सर्वसुलभ रुपमा पाउन भनेर फर्म भर्ने कार्यसमेत अनलाइनमार्फत गरिएको र यसबाट सेवाग्राहीले सहजरुपमा अनुमतिपत्र पाउने कार्यालय प्रमुख कृष्णप्रसाद भुसालले बताए। यो प्रविधि प्रयोगमा आएपछि सबैतिरका सेवाग्राहीले भरपर्दाे सेवाका रुपमा अनलाइन सेवालाई लिएको सोही कार्यालयका अर्का कर्मचारी डिल्ली नेपालले बताए।