दशैं नसकिदै भारत फर्किनेको लर्को
दशै मनाउन घर आएका सुदूरपश्चिमलीहरु टिका जमरा थापे लगत्तै फेरि भारत जानेको ओईरो लाग्न थालेको हो। दशैं मनाएको दोस्रो दिनबाट सुदूरपश्चिमका पहाडी जिल्लाहरु सहित कैलाली कञ्चनपुरका सीमा नाका भएर भारत जानेहरुको लर्काे लागेको हो। उनीहरु धनगढीसंग जोडिएको गौरीफन्टा र महेन्द्रनगरसंग जोडिएको गड्डाचौकी नाका भएर रोजगारीका लागि बाहिरिन थालेका हुन । दशैंकै दिनबाट फर्किन सुरु गरेका नेपालीको सङख्या अहिले झनै बढेको छ। अछामको चौरपाटी गाँउपालिकाका वडा नम्बर ६ चौखुट्टेका लक्ष्मण साउँदले अछामबाट धेरै युवा भारत जान लागेका बताए। उनले भारतमा लामो समयदेखि काम गर्दै आएका बताए। स्वदेशमै काम गर्ने मन भएपनि सुदूरपश्चिममा कामको कुनै वातावरण नभएको भारत जानेहरुको गुनासो छ । गाँउ घरतिर काम गरेर हातमुख जोर्न नसकिने अवस्था रहेका कारण घर परिवार पाल्नैका लागि भारत पस्नु परेको विदेशिरहेकाहरु बताउँछन। पहाडी क्षेत्रबाट भारत जानेहरुको सिमा क्षेत्रमा लर्काे छ। कर्मथलो भारत बनाएकाहरु दशैं मनाएकै दिनदेखि फर्किन थालेका हुन। घर परिवार सहित आएकाहरु पनि लालावाला लिएर निराश हुँदै भारत पसिरहेका छन्। बैतडीको पाटन नगरपालिका २ का राम सिहँ विकले गाँउ आएको केही दिनमा भारत कामका लागि जान लागेको बताए। उनले नेपालीहरुले भारतमा धेरै दुःख पाउने गरेको बताए। भारतलाई कर्मथलो बनाएका सुदूरपश्चिमेलीहरु भारत प्रस्थान गर्न थालेका छन। दशैं मनाउन घर फर्केका उनीहरु बडादशैंको टिका थापे लगत्तै भारत जान थालेका हुन् । दशैं मान्न आएकाहरु केही दिनको बिदामा मात्र घर फर्केकोले पुनः भारतका विभिन्न ठाँउमा कामका लागि गरिरहेका छन्। उनीहरु भारतमा होटल, चौकीदारीदेखि विभिन्न क्षेत्रमा काम गर्दै आएका छन। दशैंको बिदामा आएका सुदूरपश्चिमेलीहरु दैनिक सयौको संख्यामा कैलाली र कञ्चनपुरका नाका हुदै भारत जान थालेका छन।