सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा सकेट बम फेला

। फोटो स्रोत ।
२०७८ जेठ २०, १२:२८ खबर संवाददाता

धनगढी: दार्चुलामा सकेट बम फेला परेको छ। जिल्ला सदरमुकाम खलंगास्थित खुलामञ्चमा वेवारिसे अवस्थामा २ फिट लम्बाइ र ६ इन्च मोटाइ भएको सकेट बम फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्र चन्दले बताए।

मजदुरले खुलामञ्चको मध्य भागमा फिल्ड निर्माण गरिरहेका बेला बिहान ११:१५ बजेको समयमा बम फेला परेको उनले बताए। अहिले नेपाली सेनाको टोलीले बम निष्कृय पार्ने काम गरिरहेको सूचना अधिकारी चन्दले बताए। 
 

कमेन्ट लोड गर्नुस