सुरक्षित इन्टरनेटको प्रयोग र लत लाग्नबाट जोगिने उपाय
बिश्वब्यापी रुपमा कोभिड १९ संक्रमण तिब्र गति मा बढे संगै यसबाट जोगिन विभिन्न चरणमा लकडाउन हुने भएका छन। नेपालमा पनि दोस्रो चरणको कोभिड संक्रमण बढे संगै अधिकांश जिल्लामा लकडाउन लगाईएको छ। यश कारणले बालबालिका वयस्क देखि बृद्ध सम्म घर भित्रै सिमित हुनुपरेको छ।
समय संगै विभिन्न बहाना इन्टरनेट को प्रयोग अत्याधिक हुने गरेको छ। सूचना प्रविधिले हामीलाई धेरै अवसरहरू प्रदान गरेको छ। हामीले सूचना प्रविधि मार्फत नै नयाँ कुराहरू सिक्ने, नयाँ मानिसहरू भेट्ने, पुग्न नसकेका ठाउँहरूको बारेमा थाहा पाउने लगायतका अवसरहरू प्राप्त गर्न सक्छौ।
इन्टरनेटबाट थुप्रै सुविधा भए पनि यसको सहि सदुपयोग हुन सकेन भने उत्तिकै जोखिमपूर्ण रहेको छ। अहिलेको समयमा सुरक्षित इन्टरनेट प्रयोग निकै चुनौतीपूर्ण रहेको छ। इन्टरनेट प्रयोगकर्ताले इन्टरनेटको सुरक्षित प्रयोग गर्नको लागि आफूले इन्टरनेटमा गर्ने गतिविधिले आफूलाई के प्रभाव पार्छ ? भनेर बुझ्नु आवश्यक हुन्छ।
उचित सूचना वा मार्गदर्शन नभएमा इन्टरनेट जगतमा दुव्र्यवहार, शोषण तथा हिंसा जस्ता विभिन्न जोखिमहरूको सामना गर्नु पर्ने पनि हुन सक्छ। इन्टरनेट संचारप्रविधिको प्रयोग गर्दा सतर्कता अपनाउन सकिएन भने यसले ल्याउने जोखिमहरु झनै डरलाग्दा पनि छन्।
बालबालिका-किशोरकिशोरलाई इन्टरनेटबाट विभिन्न समस्या हुने गर्दछ। लामो समय सम्म इन्टरनेट को प्रयोग लतको रुपमा पनि बिकास हुन सक्छ। विशेष गरि इन्टरनेट बाट बालबालिकालाई सुरक्षित राख्नु अत्यावश्यक रहेको छ। इन्टरनेट आजको जीवनका अभिन्न अंग बनिसकेका छन्।
साना बालबालिकालाई खाना खुवाउन वा व्यस्त राख्न युट्युबमा भिडियो देखाउने वा मोबाइलमा खेल्ने दिन शुरु गर्ने अभिभावकहरु पछि गएर त्यही बानी छुटाउन नसक्दा दिक्क भएका कुराहरु दैनिक सुनिन्छन्। विद्यालय जाने उमेरका बालबालिका फेसबूक र मोबाइल वा कम्प्यूटरमा गेम खेल्न सिपालु भइसकेका हुन्छन्। कम्यूटर वा मोबाइल धेरै चलाउँदा आँखा कमजोर हुनेबारे धेरै अभिभावक सचेत छन्।
तर इन्टरनेट वा सोसल मिडिया वा कम्प्यूटर र मोबाइल गेमले पार्ने अन्य मनोसामाजिक असर र त्यसलाई न्यूनीकरण गर्ने उपायका बारेमा हामीमध्ये धेरैजसो अनभिज्ञ नै छौं। इन्टरनेट नयाँ प्रविधि हो, अहिले शिक्षक वा अभिभावकको भूमिका भएका हामीहरुको बाल्यकाल यो प्रविधिसँग वितेन।
परिणामतः हामी पनि यी प्रविधिसँग भर्खरै परिचित हुँदैछौं। त्यसमाथि बालबालिका÷किशोरकिशोरीको जिज्ञासुपनले उनीहरुलाई प्रविधिका कुरामा हामीभन्दा जान्नेसुन्ने बनाइदिएको छ।
जसले गर्दा, हामीले उनीहरुलाई प्रविधिको सही प्रयोगका बारेमा आफै सिकेर अथवा जान्ने–बुझ्नेहरुको सहयोग लिएर बालबालिकालाई सिकाउन अग्रसर नहुने हो भने यसबाट उनीहरुलाई फाइदा भन्दा बढी बेफाइदा गर्ने र उनीहरु जोखिममा पर्ने सम्भावना अत्यन्त उच्च छ।
सुरक्षित इन्टरनेटको प्रयोग र लत लाग्न बाट जोगिने उपाय
– सबैभन्दा पहिला यसको अधिक प्रयोगले आफूलाई कुलतमा फसाउन सक्छ भनेर आफू र आफ्नालाई यसको प्रयोगमा नियन्त्रण गर्ने।
– आफू कुनै किसिमको इन्टरनेट कुलतमा फसेको हेक्का हुनसक्यो भने धेरै चलाउन मनलाग्ने एपहरू हटाउने।
– बालबालिकाले तपाईँको मोबाइल वा कुनै पनि ग्याजेट प्रयोग गर्छ भने त्यसबाट गेमहरू हटाइदिने।
– घरमा खालि समय परिवारका सदस्यहरु बिच राख्ने र इन्टरनेट को अनावश्यक प्रयोगमा निरुत्साहित गर्ने।
– बालबालिका वा किशोरकिशोरीले अत्याधिक इन्टरनेटको प्रयोग गर्छन्, त्यसलाई कम गर्न सिर्जनात्मक कार्यमा लाग्न प्रेरित गर्ने।
– बालबालिकाले मोबाइल तथा इन्टरनेट चलाउँदा कस्ता वेवसाइटहरू चलाइरहेका छन् त्यसको निगरानी गर्ने।
– घरमा बालबालिकादेखि वयस्कसम्म ले कतिबेला, कति समय, मोबाइलमा के चलाउने दिने भनेर निक्र्यौल गर्ने
– बच्चालाई नचलाउ भन्नुअघि अभिभावकले पनि मोबाइल तथा इन्टरनेट को प्रयोग न्यून गर्ने।
–अनावश्यक साईटहरुलाई आफ्नो आइएसपि मार्फत ब्बलक गर्ने।
लेखक दिनेश बोहरा भायानेट कम्युनिकेसन धनगढीका सेल्स कोडिनेटर हुन।