कञ्चनपुरको वेदकोटस्थित कोभिड अस्पताललाई २५ हजार सहयोग
२०७८ जेठ १६, ०५:३७
धनगढी: कञ्चनपुरको वेदकोट नगरपालिकामा स्थापना गरिएको कोभिड अस्पताललाई २५ हजार रुपैयाँ सहयोग गरिएको छ।
आइतबार अस्पताललाई छिमेकी लघुवित्त वित्तीय संस्था सामादैजी शाखाले २५ हजार रुपैयाँ सहयोग गरेको हो।
संस्थाले नगर प्रमुख अशोक चन्दलाई सो रकम चेक मार्फत हस्तान्तरण गरेको छ।
१६ शय्याको सो कोभिड अस्पताल नगरपालिकाको वडा नम्बर ३ स्थित सामादैजिमा स्थापना गरिएको छ।
कमेन्ट लोड गर्नुस