दार्चुलाको महाकाली नगरपालिकाले आफै खोप खरीद गर्ने
दार्चुलाः दार्चुलाको महाकाली नगरपालिकाले आफै कोरोना भाइरस विरूद्धको खोप खरिद गर्ने भएको छ।
नगरपालिकाले नगरवासीहरूको लागि आफै खोप खरीद गर्ने निर्णय गरेको नगर प्रमुख हंस राज भट्टले जानकारी दिए। महाकाली नगरपालिकाको जनसङ्ख्या २४ हजार ४८४ रहेका छ।
त्यसमा पनि १८ वर्ष मुनीका ७ हजार ३१३ जना रहेका छन। जसमा २ हजार २० जनाले खोप लगाइ सकेका छन। अब १५ हजार १५१ लाई खोप लगाउन बाँकी रहेको छन। प्रति व्यक्ति खोपको लागी हुन आउने सम्पूर्ण रकम नगरपालिकाले तिर्ने गरी, खोप उपलब्ध गराउन वा खोप खरीद गर्न अनुमतिका लागी नेपाल सरकार लाई पत्राचार गर्ने नगरपालिकाले जनाएको छ।
जिल्ला अस्पताललाई अक्सिजन रीफिल तथा व्यवस्थापनका लागि ५ लाख दिने कार्यपालिकाले निर्णय गरेको प्रमुख भट्टले बताएका छन्उ।