दार्चुलामा कोरोना संक्रमित एक महिला स्वास्थ्यकर्मीको मृत्यु
२०७८ जेठ १५, ०५:३३
धनगढी: दार्चुलामा कोरोना संक्रमित एक महिला स्वास्थ्यकर्मीको मृत्यु भएको छ।
यही जेठ १ गते कोरोना भाइरसको संक्रमण पुस्टि भएकी महाकाली नगरपालिका -४ की ४० वर्षीया महिला स्वास्थ्यकर्मीको शनिबार मृत्यु भएको हो।
जिल्ला अस्पताल दार्चुलामा कार्यरत उनको सोही अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।
कमेन्ट लोड गर्नुस