सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङ्गमा यार्सा संकलन क्षेत्रमा फोहोर व्यवस्थापन अभियान

२०७८ जेठ ५, ०२:२२ रासस

बझाङ्गः बझाङ्गमा साइपाल गाउँपालिकाले यार्सा संकलन क्षेत्रको फोहोर व्यवस्थापन अभियान सञ्चालन गरेको छ। 

गाउँपालिकाको आयोजना र  सहारा नेपालका सहकार्यमा हिमाली क्षेत्रको जैविक विविधता संरक्षण गर्न सरसफाइ अभियान सञ्चालन गरिएको हो। 

गाउँपालिकाभित्र पर्ने संकलन क्षेत्र औलागाड, राईढुंगी, माझालगायत वनमा फालिएका पुराना कपडा, जुत्ता, प्लाष्टिक, सिसा आदि यार्सा संकलनकर्ताले फालेको फोहोर खाल्डो खनेर विसर्जन गरिएको छ।  गाउँपालिका अध्यक्ष राजेन्द्रबहादुर धामीका नेतृत्वमा खटिएको टोलीले यार्सा संकलन क्षेत्रमा अस्थायी शौचालय पनि निर्माण गरेको छ। 

संकलन क्षेत्रमा फोहोरका कारण यार्सा उत्पादन दिनप्रतिदिन घट्दै गएको यार्सा संकलक ज्योति फडेराले बताए। 

उनले भने, “पहिला एकै दिनमा एक सय,  डेढ सय यार्सा पाउँथ्यौँ। अहिले एक महिनाभरि खोजे पनि त्यति पाइँदैन।“

कमेन्ट लोड गर्नुस