सेती अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु
२०७८ जेठ १, ०३:०८
धनगढीः सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा सेतीमा उपचाररत कैलालीका ५ र बैतडीका १ जना संक्रमितको मृत्यु भएको हो।
कैलालीको धनगढी उपमहानगरपालिका–५ का ५३ वर्षीय पुरुष, बर्दगोरिया गाउँपालिका–२ का ४० वर्षीय पुरुष, गोदावरी नगरपालिका–१० की ५८ वर्षीया महिला, गोदावरी १० कै ६४ वर्षीय पुरुष र गोदावरी १ कका ४१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए।
त्यस्तै बैतडीको दशरथचन्द नगरपालिका–४ का ३६ वर्षीय पुुरुषको पनि मृत्यु भएको उनले बताए।
कमेन्ट लोड गर्नुस