सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा प्रति एक लाखमा साढे सात हजार व्यक्ति बसाइ सरे

२०८१ वैशाख २३, ०६:४३

वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिम प्रदेश अन्त बसाइ सर्नेमा पहिलो नम्बरमा परेको छ।

सबैभन्दा बढी सुदूरपश्चिममा बाह्य बसाइ सर्ने गरेको तथ्यांकले देखाएको हो। प्रदेशभित्र प्रति एक लाख जनसंख्यामा झण्डै सात हजार व्यक्ति बाह्य बसाइ सर्ने गरेको पाइएको हो। सुदूरपश्चिममा सुविधा खोज्दै गाउँबाट सहर र पहाडबाट तराई झर्नेको संख्या बढ्दै गएको छ। पछिल्ला दशकमा आन्तरिक बसाइँसराइको दर बढ्दै गएको हो।

पछिल्लो समय सुदूरपश्चिमका पहाडी गाउँ जनसंख्याको हिसाबले रित्तिदै गएका छन्। आधाभन्दा बढी जनसंख्या कैलाली र कञ्चनपुरमा केन्द्रित हुँदा पहाडी अधिकांश गाउँ रित्तिएका छन्। पाँच वर्षको अवधीमा सुदूरपश्चिममा प्रति एक लाख जनसंख्यामा ७ हजार तीन सय ५९ जना बसाइ सरेका छन्।

यसरी एक स्थानबाट अर्को स्थान बसाइ सर्ने जनसंख्या सबैभन्दा बढी यही प्रदेशमा देखा परेको राष्ट्रिय जनगणना २०७८ सँग सम्बन्धित ‘जनसङ्ख्या साक्षरता’ र ‘जनसाङ्खिक सूचक’ पुस्तक सार्वजनिक गर्दै तथ्यांक कार्यालयले उक्त तथ्य सार्वजनिक गरेको हो। राष्ट्रिय जनगणना २०७८ अनुसार सुदूरपश्चिमको कुल जनसंख्या २६ लाख ९४ हजार ७ सय ८३ रहेको छ। 

सोहि जनसंख्यालाई आधार मानेर संकलन गरिएको तथ्यांकअनुसार प्रति एक लाख जनसंख्यामा झण्डै साढे सात हजार व्यक्ति बसाइ सर्ने गरेको पाइएको छ। प्रदेशभित्र पुरुषको तुलनामा महिलाको जनसंख्या बढी छ। १४ लाख २१ हजार ९ सय ९७ महिला जनसंख्या छ भने १२ लाख ७२ हजार ७ सय ८७ पुरुष जनसंख्या रहेको छ। साथै अन्तर्राष्ट्रिय बसाइसराइ पनि सुदूरपश्चिमबाट बढेको उल्लेख छ।

राष्ट्रिय तथ्यांक कार्यालयले नेपालीको औसत आयु ७१.३ वर्ष पुगेको समेत जनाएको छ। राष्ट्रिय जनगणना २०७८ सँग सम्बन्धित ‘जनसङ्ख्या साक्षरता’ र ‘जनसाङ्खिक सूचक’ पुस्तक आइतबार सार्वजनिक गर्दै तथ्यांक कार्यालयले उक्त तथ्य सार्वजनिक गरेको हो। जसमध्ये सुदूरपश्चिममा औषत आयु ७१.३ वर्ष रहेको उल्लेख छ। हरेक उमेर समूहमा पुरुषको मृत्यु महिलाको भन्दा छिटो हुने गरेको तथ्यांकले देखाएको छ। २०३८ सालमा भने पुरुषको औषत आयु नेपालमा बढी रहेको थियो।

कमेन्ट लोड गर्नुस