सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पाटनमा एक पुरुष मृत फेला

२०८१ वैशाख २३, ०७:१० खबर संवाददाता

बैतडीः बैतडीमा एक जना मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको पाटन नगरपालिका–६ को मुख्य बजारको पछाडी रिङरोडको तल अन्दाजी २१ वर्षीय दिपेन्द्र घर्तीमगर मृत फेला परेका हुन्। दाङ घर भइ हाल पाटनमा लामो समयदेखी सरसरफाईको क्षेत्रमा काम गर्ने पुस्तल घर्तीमगर (जोकर) का छोरा दिपेन्द्रको शव फेला परेको हो।

स्थानीय एक जनाको जिर्णघरमा बस्दै आएका उनको शव घरको पछाडी घोप्टो परेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ।
 

कमेन्ट लोड गर्नुस