डडेल्धुराका युवकको भारतमा मृत्यु, सेवा दलले गर्यो परिवारलाई सहयोग
डडेल्धुरा: डडेल्धुरा घर भइ भारतमा रोजगारीको सिलसिलामा बस्दै आएका एक जनाको मृत्यु भएको छ।
कोरोना संक्रमणका कारण अमरगढी नगरपालिका–२ भेलका बीरबहादुर ऐरको यहि बैशाख ११ गते भारतको गुजरातमा ज्यान गएको थियो।
मृत्युपश्चात बिचल्लीमा परेको उनको परिवारलाई कांग्रेस डडेल्धुराले गठन गरेको सेवादलले सहयोग गरेको छ।
बिहीबार मृतक बीरबहादुरको १३औँ दिनको पुण्यतिथीमा सेवादल डडेल्धुराले खाद्यान्न सामग्री चामल, दाल, नुन, तेल र चिनी सहयोग गरेको हो।
उक्त खाद्यान्न सेवा दलका संयोजक टंकबहादुर क्षेत्रीले परिवारलाई हस्तान्तरण गरेका थिए।