सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरपालिकाको वडा नं. ३ र ५ कोरोनाको ‘हट स्पट’ !

२०७८ वैशाख १७, ०९:४६ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका कोरोनाको हट स्पट बन्दै गएको छ। 

पछिल्लो २ साताको तथ्यांक अनुसार धनगढीमा संक्रमणको फैलावट विकराल रुप लिएको छ। मृृत्युदर पनि उ्रच्च रहेको छ।

उपमहानगरपालिकाको वडा नं. ३ विशालनगर, चौराहा, वडा नंं. ५ को हसनपुर र तारानगर क्षेत्र सबैभन्दा बढी प्रभावित भएको हो। उपमहानगरपालिकाका कोभिड फोकल पर्सन तथा जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायका अनुसार बैशाख १६ गते साँझसम्मको तथ्यांक अनुसार वडा नंं. ५ मा मात्रै एक सय बढी सक्रिय संक्रमित रहेका छन्।

वडा नं. १, २, ६ र ८ पनि अति प्रभावित क्षेत्र रहेको उपाध्यायले दिनेशखबरलाई जनाए। उनका अनुसार बैशाख १ गतेदेखि बैशाख १६ गते साँझसम्मको तथ्यांक अनुसार धनगढीमा ६ सय बढी सक्रिय संक्रमित रहेका छन्। जुन संक्रिय संक्रमित थपिने दर उच्च रहेको छ।

संक्रमितहरु मध्ये अधिकांश यहाँकै स्थानीय रहेको र उनीहरुको कुनै ट्राभल हिस्ट्री समेत नरहेको बताउँदै उपाध्यायले कोरोनाको संक्रमण समुदायमा फैलिसकेकाे जनाए। संक्रमितहरु १५ देखि ४५ वर्ष उमेर समूहका छन्। ती सबै कर्मचारी तथा बैंकिङ कर्मचारी रहेको खुलेको छ।

संक्रमितहरुमा ज्वरो आउने, रुखाखोकी लाग्ने, झाडापखाला लाग्ने, हातखुट्टा दुख्ने लक्षण देखिएको बताइएको छ। उनीहरुमध्ये कोही सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा रहेका छन्, कोही कोही होम आइसोलेसनमा रहेको धनगढी उपमहानगरपालिकाले जनाएको छ।

स्थानीय प्रशासनले आमनागरिककै स्वास्थ्य अवस्थालाई मध्येनजर गरि निषेधाज्ञा जारी गरेकोले पालना गर्नुपर्ने अनुरोध गरिएको छ। घर बाहिर निस्कनै परेको अवस्थामा अनिवार्य रुपमा मास्क, सेनिटाइजरको प्रयोग, सामाजिक दुरीलगायतका स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नुपर्ने उपाध्यायको जोड छ।

सुदूरपश्चिमको अवस्था
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको वैशाख १६ गते साँझसम्मको तथ्यांक अनुसार सुदूरपश्चिममा १ हजार ३९५ जना संक्रिय संक्रमित छन्। भने हालसम्म ७० जनाको मृत्यु भएको छ। पछिल्लो ४८ घण्टामा मात्रै सुदूरपश्चिमा १५ जनाले ज्यान गुमाएका छन्।

५५ जनाको क्षमता रहेको सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा मात्रै ६० जना संक्रमित भर्ना भएका छन्।

कैलाली जिल्लामा हालसम्म ७६० जना सक्रिय संक्रमित छन्। जुन सुदूरपश्चिममा रहेका जम्मा संक्रमितको ५५ प्रतिशत हो। कैलालीमा रहेका संक्रमितमध्ये अधिकांश धनगढीकै रहेको बताइएको छ।
 

कमेन्ट लोड गर्नुस