सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रहरी चौकीमा हमला गरी पाँच प्रहरी अधिकारीको हत्या

फाईल फोटो
फाईल फोटो । फोटो स्रोत ।
२०७८ वैशाख १४, ०८:५२ रासस

लागोस: दक्षिणी नागइजेरियाको इमो राज्यमा बन्दुकधारीहरुले हमला गरेर कम्तीमा पनि पाँच जना प्रहरीको हत्या गरेका छन्। 

सोमबार ती बन्दुकधकधारीहरुले इमो राज्यमा रहेको एक प्रहरी चौकीमा एक्कासी हमला गरेका थिए। सो हमलामा परी पाँच जना प्रहरी मारिएका छन्। 

सो प्रहरी चौकीमा उनीहरुले हमला गरेका थिए। इमो राज्यका प्रहरी प्रवक्ताले उक्त राज्यमा रहेको सो प्रहरी चौकीमा ठूलो संख्यामा आएका बन्दुकधारीले हमला गर्दा पाँच जना प्रहरी अधिकारी मारिएको बताएका छन्। 

उनले सो चौकीबाट ती बन्दुकधारीहरुले आफ्ना केही साथीहरुलाई पनि जेलमुक्त गरेर लगेका बताए । यसअघि पनि सो प्रहरी चौकीमा उनीहरुले हमला गरेका थिए। -सिन्ह्वा

कमेन्ट लोड गर्नुस