सुदूर नेपाललाई विश्वसँग जोड्दै

शिक्षकमा कोरोना देखिएपछि कञ्चनपुरको एक विद्यालयमा पठनपाठन बन्द

२०७८ वैशाख १०, ०१:२७ खबर संवाददाता

धनगढी: शिक्षकमा कोरोना भाइरस देखिएपछि कञ्चनपुरको एक विद्यालयमा पठनपाठन बन्द गरिएको छ।

जिल्लाको बेलौरी नगरपालिका -६ विद्यानगरस्थित महाकाली माध्यमिक विद्यालयका एक जना शिक्षकमा कोरोनाको संक्रमण पुस्टि भएपछि विद्यार्थीहरुको भौतिक उपस्थितिमा पठनपाठन नगरिने भएको हो।

नगरपालिकाको निर्णय बमोजिम शुक्रबार विद्यालयले एक सूचना जारी गर्दै आजदेखि यही वैशाख १७ गतेसम्मका लागि पठनपाठन बन्द गरिएको जनाएको छ। 

कमेन्ट लोड गर्नुस