अत्तरियामा थ्रीडीभिएल क्रियसनको कार्यालय स्थापना
२०७८ वैशाख १, ०६:१४
अत्तरिया: कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियामा थ्रीडीभिएल क्रियसनको कार्यालय स्थापना गरिएको छ।
नयाँ वर्ष २०७८ सालको अवसरमा बुधबार थ्रीडीभिएल क्रियसनको केन्द्रीय कार्यालय स्थापना गरिएको हो।
उक्त कार्यालयको एक कार्यक्रमकाबीच सामाजिक व्यक्तित्व डा.लक्ष्मीराज पाठकले उद्घाटन गरेका छन्।
थ्रीडीभिएल क्रियसनका अध्यक्ष दिपक ओझाले कार्यालय स्थापनापछि सामाजिक क्षेत्रमा काम गर्न अझै सहज हुने बताएका छन्।
कमेन्ट लोड गर्नुस