खोप लगाइसकेका वीपी प्रतिष्ठानका अस्पताल निर्देशकलाई कोरोना
धरानः कोरोनाविरुद्धको खोप कोभिसिल्ड लगाइसकेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहलाई कोरोना संक्रमण पुष्टि भएको छ।
अस्पताल निर्देशक डा.साहलाई आइतबार संक्रमण पुष्टि भएको हो। उनले भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिसिल्ड खोपको डोज पुरा गरिसकेका थिए। खोपको डोज पुरा गरेपनि उनलाई कोरोना संक्रमण पुष्टि भएको उनले एक सूचना मार्फत बताएका छन।
संक्रमण पुष्टि भएपछि आइतबार साँझ अस्पताल निर्देशक डा.साहले सूचना जारी गर्दै प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरुलाई सरकारबाट जारी भएको निर्देशिका अनुसार सर्तकता अपनाउन भनेका छन।
अस्पताल निर्देशक डा.साहका अनुसार विराटनगरमा रहेका छोरालाई संक्रमण देखिएको थियो। छोराको सम्पर्कमा आफु पुगेको कारण पीसीआर जाँच गर्दा पोजेटिभ देखिएको उनले बताए। परिवारका सबैको पीसीआर जाँच गराएपनि आफ्नो मात्र पोजेटिभ आएको उनले बताए।