सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा थप ३ सय ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि

२०७७ चैत्र २६, ०७:३८ रासस

काठमाण्डौः नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ३२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ४ हजार ६ जनाको स्वास्थ्य परीक्षण गर्दा सो संख्यामा सङ्क्रमण पुष्टि भएको हो।

आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या २ लाख ७९ हजार १ सय पुगेको छ। त्यस्तै पछिल्लो समय थप ७९ जना निको भएका छन्। यो सँगै निको हुनेको सङ्ख्या २ लाख ७३ हजार ६ सय ८ रहेको छ। निको हुने दर भने ९८ प्रतिशत रहेको छ। 

अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ४ सय ५४ रहेको छ। उनीहरूमध्ये ७७ जना क्वारेन्टिनमा रहेका छन् भने, अन्य आइशोलेशनमा रहेका छन्।  

हालसम्म नेपालमा २३ लाख २ हजार १ सय ७३  को पीसीआर परीक्षण भएको छ। त्यस्तै तीन हजार ३८ ले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ। त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाको कारण कसैको पनि मृत्यु भएको छैन।
 

कमेन्ट लोड गर्नुस