पत्रकार महासंघ दार्चुला शाखामा धामीको प्यानल विजयी
धनगढी: नेपाल पत्रकार महासंघ दार्चुला जिल्ला शाखामा कृष्णसिंह धामी नेतृत्वको प्यानल विजयी भएको छ।
बुधबार भएको चुनावमा प्रेस युनियन, प्रेस चौतारी (माधव नेपाल समूह), प्रेस सेन्टर लगायतका १२ संगठनको संयुक्त प्यानललाई पराजीत गर्दै विजयी भएका हुन्।
विजयी हुनेमा कृष्णसिंह धामी अध्यक्ष, सन्तोषसिंह कोट्टारी उपाध्यक्ष, विमला धामी भुजेल महिला उपाध्यक्ष, गगनसिंह विष्ट सचिव, लोकेन्द्रप्रसाद जोशी सह सचिव, ईश्वरी बुढाथोकी समावेशी सहसचिव र रामसिंह धामी कोषाध्यक्षमा रहेका छन्।
त्यस्तै खुला सदस्यमा मानसिंह कुवर, जनकराज भट्ट, श्यामसिंह सामन्त, उद्धवसिंह धामी, रमेशसिंह खत्री, नीरजकुमार धामी रहेका छन्। युनियनको तर्फबाट आदिबासीतर्फ विसनसिंह बुढाथोकी र महिला सदस्यमा दमयन्ती विजयी भएका थिए।