दार्चुलाको अम्कुर खोला लघु जलविद्युत आयोजना विद्युत प्राधिकरणलाई हस्तातरण गरिने
दार्चुला: दार्चुलाकामा रहेको अम्कुर खोला लघु जलविद्युत आयोजना नेपाल विद्युत प्राधिकरणलाई हस्तातरण गरिने भएको छ।
लेकम गाउँपालिकाको वडा नम्बर ५ अम्कुरमा रहेको १० किलोवाटको उक्त जलविद्युत आयोजना नेपाल विद्युत प्राधिकरणलाई हस्तातरण गर्न लागिएको हो।
गरिबी निवारण कोषको ३६ लाख र साविकको रिठाचौपाता गाविसको २ लाख गरी ३८ लाखको लागतमा २०६९ सालमा निर्माण सम्पन्न भएर सञ्चालनमा रहेको उक्त आयोजनाबाट वडाका एक २५ घरधुरी लाभान्वित भएका थिए।
अम्कुर खोला लघु जलविद्युत आयोजनाको कार्यकारी समितिको बैठकले उक्त आयोजना नेपाल विद्युत प्राधिकारण हस्तातरण गर्नै निणर्य गरेको समितीका अध्यक्ष बल्देव बोहराले बताए।