सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप १२८ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

२०७७ चैत्र २१, ०५:३१ खबर संवाददाता

काठमाडौँः नेपालमा पछिल्लो २४ घण्टामा १२८ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार ७६८ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार १६१ जना कोरोना संक्रमण मुक्त भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७३ हजार १२३ पुगेको छ।

हाल देशभर १ हजार ६ सय १३ जना सक्रिय संक्रमित रहेका छन्।

मन्त्रालयका अनुसार गएको २४ घण्टामा कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ। देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनको संख्या ३ हजार ३२ पुगेको छ।
 

कमेन्ट लोड गर्नुस