सुदूर नेपाललाई विश्वसँग जोड्दै

चिकित्सकलाई ज्यान मार्ने धम्की आएको भन्दै दार्चुलाको गोकुलेश्वर अस्पतालद्वारा सेवा ठप्प

२०७७ चैत्र २१, ०२:४० खबर संवाददाता

धनगढी: अस्पतालमा काम गर्ने चिकित्कलाई ज्यान मार्ने धम्की आएको भन्दै दार्चुलाको गोकुलेश्वर प्राथमिक अस्पतालले आकस्मिक तथा प्रसूति सेवाबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको छ। 

शनिबार एक विज्ञप्ति जारी गर्दै अस्पतालले केही व्यक्तिले मादक पदार्थ सेवन गरेर अस्पतालको इर्मेजेन्सी कक्षभित्र प्रवेश गरी गालीगलौच तथा कुटपिटको प्रयास गरेको र ज्यान मार्ने धम्की समेत दिएको जनाएको छ। 

उक्त विषयमा स्थानीय प्रशासनलाई बारम्बार जानकारी गराएको तर कुनै सुनुवाई नभएकाले अब अस्पतालको हाताभित्र काम गर्ने वातावरण नभएकाले अनिश्चितकाल लागि सेवा ठप्प पारेको अस्पताल प्रशासनले जनाएको छ। 

साथै उक्त दुव्र्यवहारमा संलग्न स्थानीय हर्कसिह धामी र मोेहन साउदलाई कारवाही नगरेसम्मसम्म आकस्मिक तथा प्रसूति सेवाबाहेक सबै सेवा प्रवाह नगरिने समेत बताइएको छ। 

कमेन्ट लोड गर्नुस