सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप १६२ जनामा कोरोना पुष्टि

२०७७ चैत्र १८, ०५:०४ खबर संवाददाता

धनगढी: पछिल्लो २४ घण्टामा देशभर थप १६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार कूल संक्रमितको संख्या २ लाख ७७ हजार ३०९ पुगेको छ। कूल ३ हजार ९१९ जनाको पीसीआर परीक्षण गर्दा बुधवार १६२ जनामा कोरोना पुष्टि भएको हो। 

कूल संक्रमितमध्ये २ लाख ७२ हजार ७८६ जना निको भएका छन्। पछिल्लो २४ घण्टामा ५९ संक्रमित निको भएका छन्। 

बुधवार देशभर सक्रिय संक्रमितको संख्या १ हजार ४९३ रहेको मन्त्रालयले जनाएको छ।

कोरोनाले बुधवार थप कसैको पनि मृत्यु भएन। हालसम्म कोरोनाले मृत्यु हुनेको संख्या ३ हजार ३० रहेको मन्त्रालयले जनाएको छ।

कमेन्ट लोड गर्नुस