दार्चुला: क्षतिपुर्ति दिने सहमतीपछि आफन्तले शव बुझे
धनगढीः क्षतिपुर्ति दिने सहमतीपछि दार्चुलामा करेन्ट लागेर ज्यान गुमाएका पुरुषका आफन्तले शव बुझेका छन्।
आइतबार करेन्ट लागेर ज्यान गुमाएका दुहुँ गाउँपालिका ३ का पदमबहादुर बमका परिवारले क्षतिपुर्ति दिने सहमतीपछि शव बुझेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी भास्कर चन्दकाअनुसार विद्युत प्राधिकरण र आफन्तकाबीच ५ लाख रुपैयाँ क्षतिपुर्ति वा घरको एक जनालाई रोजगारी दिने सहमती भएको हो।
सो सहमतीपछि पीडित परिवारले शव बुझेका हुन्। मौरीको घार हेर्न गएका बमलाई राताकाठा सडक नजिकै रहेको बुदाली इजरमा करेन्ट लागेको थियो।
परिवारले प्राधिकरणको लापरवाहीले करेन्ट लागेर उनको मृत्यु भएको भन्दै यसअघि शव बुझ्न अस्वीकार गरेको थियो।