सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा गोप्य कोठामा सार्वजनिक सुनुवाइ गरेको भन्दै राजनीतिक दलको विरोध

२०७७ चैत्र ७, ०४:५० खबर संवाददाता

अछाम: अछामको बान्नीगढी जयगढ गाउँपालिकाको सार्वजनिक सुनुवाइ गोप्य कोठामा गरिएको भन्दै त्यहाँका स्थानीय तथा राजनीतिक पार्टी आक्रोशित बनेका छन्। 

आर्थिक वर्ष २०७६/०७७ को वार्षिक नीति तथा कार्यक्रमको सार्वजनिक सुनुवाइ कार्यक्रम गाउँपालिकाको गोप्य हलमा गरिएको प्रति आपत्ति जनाउँदै शनिबार ३ दलले संयुक्त विज्ञप्ति जारी गरेका छन्।

गाउँपालिकाभित्र भएका तथा हुने गरेका भ्रष्टाचार, अनियमितता तथा जनप्रतिनिधिको मन परीका विरुद्ध जनताले गुनासो गर्ने डरले गोप्य कोठामा सार्वजनिक सुनुवाइ गरिएको भन्दै नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा विज्ञप्ति निकालेका हुन्।

स्थानीय तथा राजनीतिक दलको वेवास्था गर्दै गोप्य रुपमा सार्वजनिक सुनुवाइ गर्दैमा जनताको मुख बन्द गर्न सकिन्छ भन्ने भ्रममा नपर्न विज्ञप्तिमार्फत आग्रह गरिएको छ।

साथै विज्ञप्तिमार्फत जनतालाई साँची राखि पुनः सार्वजनिक सुनुवाइ आयोजना गर्न आग्रह समेत गरिएको छ। 

कमेन्ट लोड गर्नुस