सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा प्रहरीले सुत्केरीलाई रगत दिएर बचाए

२०७७ चैत्र ५, ०७:५३ खबर संवाददाता

धनगढीः दार्चुलामा प्रहरीले अत्यधिक रक्तश्राव भएकी सुत्केरीलाई रगत दिएर ज्यान बचाएका छन्।

जिल्ला अस्पतालमा उपचाररत मालिकार्जुन गाउँपालिका–६ उकुकी २७ वर्षिया लक्ष्मी थापालाई जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान गणेशबहादुर मल्लले रगत दिएका हुन्। 

मल्लले थापालाई एक पिन्ट ओ पोजेटिभ ताजा रगत दान गरेपछि जोखिममा परेका ज्यान जोगिएको अस्पतालले जनाएको छ। अस्पतालमारक्त सञ्चार केन्द्र भएपनि रगतको अभाव हुने गरेको छ। 

रगत अभावकै कारण कतिपय गम्भीर बिरामी र सुत्केरीले अकालमै ज्यान गुमाउने गरेका छन्। 
 

कमेन्ट लोड गर्नुस