धनगढी फुटबल क्लबको ‘मार्की प्लेयर’मा विशाल राई अनुबन्ध
धनगढी: नेपालमै पहिलोपटक सुरु हुन लागेको नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टिम धनगढी एफसीले सोमबार आफ्नो मार्की खेलाडीका रूपमा विशाल राईलाई घोषणा गरेको छ।
उनले ‘गो ड्रिमर्स’ को स्वामित्वमा रहेको धनगढीका लागि प्रमुख तथा स्टार खेलाडीको भूमिका निभाउने छन्। मार्की खेलाडीका रूपमा उनले प्रतियोगितामा कम्तीमा दुई लाख ५० हजार रुपैयाँ पाउने छन्।
टिमको लागि अरु खेलाडी र प्रशिक्षक पनि अनबन्धको प्रक्रिया अगाडि बढिसकेको क्लबले जनाएको छ।
बैशाख ११ गतेबाट नेपाल सुपर लिग सुरू हुनेछ।