सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा भीरबाट खसेको ढुंगा लागेर बालिकाको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७७ फाल्गुन १९, १२:२६ खबर संवाददाता

डोटी: डोटीमा भीरबाट खसेको ढुंगाले लागेर एक बालिकाको ज्यान गएको छ। 

जिल्लाको सायल गाउँपालिका–१ छपाली पुजारा गाउँकी ११ वर्षीया बालिका समीक्षा पुजाराको टाउकोमा ढुंगा लागेर मृत्यु भएको हो।

मंगलबार साँझ जंगलबाट बाख्रा चराएर घरतर्फ फर्किदै गरेकी समीक्षाको टाउकोमा ढुंगा लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताए।

मृतक बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल डोटीमा ल्याइदै गरेको उनले बताए।  

कमेन्ट लोड गर्नुस