सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा भीरबाट खसेर एक महिलाको मृत्यु

सांकेतिक तस्विर
सांकेतिक तस्विर
२०७७ फाल्गुन १९, ११:५१ खबर संवाददाता

अछाम: अछाममा भीरबाट खसेर एक महिलाको मृत्यु भएको छ। 

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–७ पुल्लेतोला रजाँञ्याकी ५३ वर्षीया  धर्मादेवी कामीको घाँस काट्न गएका बेला भीरबाट खसेर ज्यान गएको हो।

हिजो मंगलबार घरबाट पर रातापगाहार भन्ने भिरमा कोइरालको रुख काट्ने क्रमका १ मिटर तल खोल्सामा खसेर उनको घटनास्थलमै ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ।

उनको आज अन्तिम दाहसंस्कार गरिने छ ।मृतक कामीका श्रीमान्, २ छोरा र ४ छोरी छन्। 

कमेन्ट लोड गर्नुस