सुदूर नेपाललाई विश्वसँग जोड्दै

फागुन २१ देखि ‘कमेडी च्याम्पियन -२’

२०७७ फाल्गुन १२, ०५:४८ खबर संवाददाता

काठमाडौं: कमेडी च्याम्पियन सिजन- २ को औपचारिक घोषणा गरिएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै 'शो'को औपचारिक घोषणा गरिएको हो।

कार्यक्रममा दिइएको जानकारीअनुसार कमेडी च्याम्पियनको दोस्रो सिजनको कान्तिपुर टेलिभिजनमा २१ फागुनदेखि प्रसारण सुरु हुनेछ।

कार्यक्रमका लागि भदौ १५ गतेबाट डिजिटल अडिसन सुरु भएको थियो। असोज ३० सम्म खुला राखिएको अडिसनमा ६ हजारभन्दा बढीले सहभागिता जनाएको कार्यक्रम युनिटको दावी छ। तीमध्ये १ सय ८० प्रतियोगीलाई काठमाडौं बोलाएर फिजिकल अडिसन गरिएको थियो। र, हाल उत्कृष्ट २४ प्रतियोगीहरु छनोट भएका छन्।

विशाल भण्डारी निर्देशित कार्यक्रम फागुन २१ गतेबाट हरेक शुक्रवार र शनिबार बेलुका ९:१० बजे प्रसारण हुनेछ। निर्णायकहरू सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा रहेका छन्। विजेताले कारसहित २५ लाख नगद पुरस्कार पाउने छन्।

कमेन्ट लोड गर्नुस