८ वर्ष पूरा गर्दै माया मेट्रो अस्पताल, आधुनिक स्वास्थ्य सेवाको विस्तारमा जोड
धनगढीः धनगढीस्थित माया मेट्रो अस्पताल प्रा.लि.ले स्वास्थ्य सेवाको क्षेत्रमा आफ्नो ८ वर्षे यात्रा पूरा गरेको छ। अस्पतालले ८औँ वार्षिकोत्सवका अवसरमा बिरामी तथा सेवाग्राहीको निरन्तर विश्वासलाई आफ्नो यात्राको प्रमुख आधारका रूपमा लिँदै आगामी दिनमा सेवा विस्तारलाई प्राथमिकता दिने जनाएको छ।
अस्पतालका अनुसार ८ वर्षको अवधिमा हजारौँ बिरामी तथा तिनका परिवारलाई स्वास्थ्य सेवा प्रदान गरिएको छ। अस्पतालको यो यात्रामा चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको समर्पणसँगै सेवाग्राहीको निरन्तर विश्वास र साथ महत्वपूर्ण रहेको जनाइएको छ।
माया मेट्रो अस्पतालले २४सै घण्टा आकस्मिक तथा ट्रमा सेवा र फार्मेसी सञ्चालन गर्दै आएको छ। अस्पतालमा आईसीयू, एनआईसीयू तथा पीआईसीयूलगायतका अत्यावश्यक सेवा पनि उपलब्ध छन्।
त्यस्तै, अस्पतालले एमआरआई, ६४–स्लाइस सीटी स्क्यान, बायोप्सी तथा क्यान्सर स्क्रिनिङ, विशेषज्ञ चिकित्सकबाट उपचार तथा परामर्श, आधुनिक डायग्नोस्टिक र प्रयोगशाला सेवा प्रदान गर्दै आएको जनाएको छ।
अस्पतालमा इन्डोस्कोपी, टीएमटी, एबीपीएम, होल्टर, इको र ईसीजीलगायतका परीक्षण सुविधा पनि उपलब्ध छन्। एसी डिलक्स क्याबिनसहितको ओपीडी सेवा, अनलाइन अपोइन्टमेन्ट तथा भुक्तानीको सुविधासमेत सञ्चालनमा रहेको अस्पतालले जनाएको छ।
वार्षिकोत्सवका अवसरमा अस्पतालले आगामी दिनमा आधुनिक प्रविधिको प्रयोग, विशेषज्ञ सेवाको विस्तार तथा उपचारका थप सुविधा सञ्चालन गर्दै सुदूरपश्चिममा भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवाको केन्द्रका रूपमा आफूलाई थप सशक्त बनाउने प्रतिबद्धता जनाएको छ।
अस्पतालले ८ वर्षे यात्रामा साथ, विश्वास र माया प्रदान गर्ने सम्पूर्ण बिरामी, सेवाग्राही, आफन्तजन, शुभेच्छुक, चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीप्रति आभार व्यक्त गरेको छ।