दार्चुलाको अपि हिमालका वडा-वडामा अपाङ्गता परिचय पत्र वितरण
धनगढी: दार्चुलाको अपि हिमाल गाउँपालिकाका वडा-वडामा अपाङ्गता परिचय पत्र वितरण गरिन थालिएको छ ।
सो गाउँपालिकाको आयोजनामा वडा तहमै परिचय पत्र वितरण तथा घुम्ती शिविर सञ्चालन गरिन थालिएको हो ।
गाउँपालिकाले हिजो बिहीबार वडा नम्बर ५ र ६ का स्थानीयलाई स्वास्थ्य सेवा दिएको बताइएको छ ।
त्यस्तै वडा नम्बर १ र २ मा फागुन ८ गते र वडा नम्बर ३ र ४ मा फागुन ९ गते परिचय पत्र वितरण तथा शिविर सञ्चालन गरिने जनाइएको छ ।