धनगढीका तस्करका घरमा स्थानीयकै अगुवाईमा मध्यरातमा छापा (भिडियो सहित)
समावर्ती भारतीय बजारबाट हुने चोरी तस्करी नियन्त्रणका लागि सक्रिय भएका धनगढी नगरवासिहरुको अगुवाईमा ३० बोरा अवैध सामाग्री बरामद गरीएको छ ।
वडा नम्वर २ को तिल्केताल सुधार समितीको अगुवाईमा तस्करहरुको घर–घरमा छापा हानी सोमवार राती ३० बोरा अवैध सामाग्री बरामद गरीएको हो ।
स्थानीयको सक्रियतापछि नेपाल प्रहरी, ससस्त्र प्रहरी र भन्सारले पनि साथ दिएका थिए ।
भन्सार छलि ल्याईएको लत्ताकपडा, चिनी लगायतका सामाग्री बरामद गरिएको हो ।
लामो समयसम्म आखा अगाडी भईरहेको चोरी तस्करीलाई तै चुप मै चुप भनेर हेरिरहेका धनगढीवासीले अव त्यसका विरुद्ध आवाज उठाउने सार्वजनिक कार्यक्रम गरेरै चेतावनी दिएका थिए ।