सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा ३ ठाउँबाट कोरोनाविरुद्धको खोप लगाउन पाइने

२०७७ फाल्गुन २, ०८:१४ खबर संवाददाता

धनगढी: अछाममा पहिलो चरणको दोस्रो लक्षित समूहका लागि आजदेखि सुरु हुने कोरोना भाइरसविरुद्धको खोप ३ वटा केन्द्रबाट लगाउन पाइने भएको छ ।

लक्षित समूह अन्तरगत पहिलो चरणको दोश्रो प्राथमिकतामा रहेका नागरिकलाई आजबाट खोप लगाइने भएको हो ।

जिल्ला अस्पताल अछाम, बयालपाटा अस्पताल र कमलबजार प्राथमिक स्वास्थ्य केन्द्र गरि जिल्लाका ३ ठाँउबाट कोरोनाविरुद्धको खोप लगाइने बताइएको छ ।

अछाममा कोरोनाविरुद्धको खोप जिल्लाभरिबाट दोश्रो प्राथमिकतामा रहेका २ हजार १ सय जनाभन्दा बढीलाई लगाउने लक्ष्य लिइएको छ ।
 

कमेन्ट लोड गर्नुस