अछाममा माछा मार्दै गरेका युवकको करेन्ट लागेर मृत्य
२०७७ माघ ३०, ०३:२४
धनगढी : अछाममा माछा मार्दै गरेका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ ।
जिल्लाको काशीगाड खोलामा माछा मारिरहेका मेल्लेख गाउँपालिका -३ दर्वाका २५ वर्षीय खेम बुढाको विजुलीको तारबाट करेन्ट लागेर मृत्यु भएको प्रहरीले बताएको छ ।
त्यस्तै माछा मार्नका लागि विजुलीको तार बिछ्याएका सोही ठाउँका धिरेन्द्र शाहलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट लोड गर्नुस