धनगढीमा 'मेरो भ्यालेन्टाइन' कार्यक्रम आयोजना हुने
धनगढी: ‘भ्यालेन्टाइन डे’को अवसरमा धनगढीमा मेरो भ्यालेन्टाइन कार्यक्रम आयोजना हुने भएको छ। रकस्टार मिडियाको आयोजनामा १४ फेब्रुअरीका दिन धनगढीमा मेरो भ्यालेन्टाइन सिजन २ आयोजना हुने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ।
पारिवारिक तथा जोडीहरुलाई भ्यालेन्टाइन डेको साँझ सांस्कृतिक कार्यक्रमसहितको मेरो भ्यालेन्टाइन सिजन २ गर्न लागेको रकस्टार मिडियाका रोशन महतोले बताए। उनका अनुसार प्रति जोडीलाई २ हजार ५ सय टिकट राखिएको छ भने छोराछोरीसहित ३ हजार पाँच सय रकम तोकिएको छ।
त्यसमा आवश्यकता अनुसार खाना तथा अन्य परिकारहरु जति पनि खान सकिनेछ। फोटो खिच्न र टिकटक बनाउनका लागि विशेष व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।
प्रेम दिवसका अवसरमा अविवाहित तथा विवाहित प्रेमी जोडीलाई एक ठाउँमा ल्याउने र माया प्रेम साटासाट गराउँदै रमाइलो गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको रकस्टार मिडियाका सञ्चालक जितेन्द्र रावलले बताए।
कार्यक्रममा टिकट काटेर गएकाहरुमध्ये एक जनालाई गोलाप्रथाका आधारमा २५ हजार बढी मुल्य पर्ने जिवनी मोबाइल पुरस्कार समेत प्रदान गरिनेछ। धनगढीको आफ्नो घर टेम्पल रिर्पोटमा हुने कार्यक्रमको मुख्य प्रायोजककमा जगदम्बा अल्को वेभरेजको उत्पादन ब्यारोन रहेको छ भने सह प्रायोजकमा यामाहा रहेको छ।
ब्यारोनको आधिकारीक डिलर जिएआरएस ट्रेडिङ कन्सर्न प्राली धनगढीले प्रायोजन तथा स्वयता ट्रेडिङ प्रालिले सहप्रयोजन गर्नेछ।
बेलुका ६ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने कार्यक्रममा स्थानीय कलाकारले सांगितिक कार्यक्रम गर्नेछन्।