सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा चोरी मुद्धाका फरार प्रतिवादी पक्राउ

२०७७ माघ २८, ०२:१६ खबर संवाददाता

धनगढी: बझाङमा चोरी मुद्धामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन्। 

जिल्लाको जयपृथ्वी नगरपालिका–३ का २५ वर्षीय अमित खड्कालाई मंगलबार चैनपुर बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। 

पुनरावेदन अदालत दिपायलले २०७५ फागुन २७ गते उनलाई ३ महिना ३ दिनको कैद सजाय सुनाएको थियो। 

त्यसपछि फरार रहेका खड्कालाई पक्राउ गरि आवश्यक कारवाहीको लागि अदालतमा उपस्थित गराइएको प्रहरीले बताएको छ।
 

कमेन्ट लोड गर्नुस