सुदूर नेपाललाई विश्वसँग जोड्दै

भागरथीलाई न्याय माग्दै प्रदर्शनकारी विद्यार्थीले मुख्यमन्त्री कार्यालयको गेट तोडे

२०७७ माघ २८, ०१:०६ खबर संवाददाता

धनगढीः बैतडीकी भागरथी भट्टलाई न्याय माग्न मुख्यमन्त्री कार्यालय अगाडि पुगेका प्रदर्शनकारी विद्यार्थीले प्रवेशद्वार तोडिदिएका छन्। 

बिहीबार मृत अवस्थामा फेला परेकी भट्ट हत्या प्रकरणका दोषीलाई कारवाहीको माग गर्दै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गर्न पुगेका आक्रोशित विद्यार्थीहरुले गेट हल्लाएर तोडेका हुन। 

उक्त तोडिएको गेटलाई वेल्डिङ गरेर पुनः जोडिएको कार्यालयले जनाएको छ। 

दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यारालाई यथाशिघ्र कारवाहीको दायरामा ल्याउन मागसहित विद्यार्थीहरुले प्रवेशद्वार अगाडि प्रदर्शन गरेका थिए।  

उनीहरुले आजपनि भागरथीका हत्यारालाई सार्वजनिक गरी तत्काल कारवाहीको माग गरिरहेका छन्। 

गत बुधबार विद्यालयबाट फर्किने क्रममा सम्पर्कविहिन भएकी भट्टको शव बिहीबार साँझ स्थानीय लवलेक सामुदायिक वनमा भेटिएको थियो। 

उनको बलात्कारपछि हत्या भएको पोस्टमार्टम रिपोर्टपश्चात पुस्टि भइसकेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस