सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–दिपायल द्रुतमार्ग कालोपत्रेका लागि टेन्डर आह्वान

२०७७ माघ २८, १२:३० खबर संवाददाता

धनगढीः दिपायल द्रुतमार्ग अन्तरगतको २२ दशमलव ८ किलोमिटर सडक कालोपत्रे गर्नका लागि टेण्डर आह्वान भएको छ। 

अर्थ मन्त्रालय अन्तरगतको बजेट तथा कार्यक्रम महाशाखाले सहमती दिएपछि योजना कार्यालयले धनगढीदेखि हाटखोलीसम्मको साढे १३ दशमलव ४ किलोमिटर र दिपायलदेखि बाझमोडसम्म ९ दशमलव ४ किलोटिमर सडक कालोपत्रे गर्न टेण्डर आह्वान गरेको योजना प्रमुख खगेन्द्र शाहीले जानकारी दिए ।

उनका अनुसार झण्डै ७५ करोडको टेण्डर आह्वानका लागि ३० दिने सूचना जारी भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर ५ को सामुदायिक प्रहरी सेवा केन्द्रलाई जेरो प्वाइन्ट मानेर काम सुरु हुने बताइएको छ। 
 

कमेन्ट लोड गर्नुस