सानदार ममः अब धनगढीमा
२०७७ माघ २५, ०५:२४
धनगढी: धनगढीमा पनि सानदार ममःको शाखा खुलेको छ।
काठमाडौंका ९ वटा स्थानहरुमा सञ्चालित सानदार ममःको शाखा धनगढी चौराहामा खुलेको हो।
आइतबार धनगढी उप–महानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष बलबहादुर ऐरले शाखाको उद्धघाटन गरेका छन्।
झण्डै ७० लाखको लगानीमा सानदार ममको फ्रेन्चाईज ल्याइएको सञ्चालक राजन भट्टले बताए। उक्त स्थानमा चिकेन, पनीर र भेज ममः पनि उपलब्ध रहेको भट्टले बताए।
कमेन्ट लोड गर्नुस