सुदूर नेपाललाई विश्वसँग जोड्दै

रोटरी क्लब अफ धनगढीद्वारा मानव सेवा आश्रमलाई ह्विलचियर हस्तान्तरण

२०७७ माघ २५, ०३:३७ खबर संवाददाता

धनगढी: रोटरी क्लब अफ धनगढीले मानव सेवा आश्रमलाई ह्विलचियर हस्तान्तरण गरेको छ। 

बेसाहारा, अशक्त, असाहय तथा अभिभावक विहिनहरुलाई सहारा दिइरहेको आश्रमलाई क्लबले ४ थान ह्विलचियर र एक थान बिपी सेट हस्तान्तरण गरेको हो।

उक्त हस्तान्तरण कार्यक्रममा क्लबका अध्यक्ष तोयराज भट्ट, संस्थापक अध्यक्ष प्रकाश चन्द्र भट्ट, पूर्व अध्यक्ष डा. गणेशबहादुर सिंह, पूर्व अध्यक्ष दिर्घराज उपाध्याय र निवर्तमान अध्यक्ष हरिशंकर ठाकुरको उपस्थिती रहेको आश्रमले जनाएको छ। 

उनीहरुले सो सहयोग मानव सेवा आश्रमका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश संयोजक आदर्श ढकाल र आश्रमका अभिभावक सिद्धराज पनेरुलाई हस्तान्तरण गरेका थिए। 

कमेन्ट लोड गर्नुस