भागरथीका हत्यारालाई कारवाहीको माग गर्दै धनगढीमा प्रदर्शन
धनगढीः बैतडीमा बिहीबार मृत अवस्थामा फेला परेकी किशोरीको हत्या प्रकरणका दोषीलाई कारवाहीको माग गर्दै धनगढीमा प्रदर्शन भएको छ।
दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको भन्दै दोषीलाई यथाशिघ्र कारवाहीको दायरामा ल्याउन मागसहित विद्यार्थीहरुले धनगढी बजारमा प्रदर्शन गरेका हुन।
उनीहरुले भागरथीका हत्यारालाई सार्वजनिक गरी तत्काल कारवाहीको माग गरेका छन्।
बुधबार विद्यालयबाट फर्किने क्रममा सम्पर्कविहिन भएकी भट्टको शव बिहीबार साँझ स्थानीय लवलेक सामुदायिक वनमा भेटिएको थियो।
उनको बलात्कारपछि हत्या भएको आशंका प्रहरीले गरेको छ। यद्यपी घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।