सुदूर नेपाललाई विश्वसँग जोड्दै

परीक्षा नियन्त्रण कार्यालय अत्तरियामा तालाबन्दी

२०७७ माघ २५, ०१:४२ खबर संवाददाता

धनगढी: परिक्षा नियन्त्रण कार्यालय अत्तरियामा तालाबन्दी गरिएको छ।

दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको स्नातक तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले परीक्षा केन्द्र गुलरिया सारेको भन्दै तालाबन्दी गरेका हुन।

कैलालीको खानीडाँडा, बुढीतोला, चौमाला लगायत अन्य ठाउँबाट गुलरियासम्म पुग्न टाढा भएकोे भन्दै उनीहरुले विरोध गरेका छन्। 

केन्द्र यथावत नगरे परीक्षा नै वहिष्कार गरी अन्य संघर्षका कार्यक्रम गर्ने विद्यार्थीहरुले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय अत्तरियाका प्रमुख ईश्वरी दत्त पन्तले भने त्रिभुवन विश्वविद्यालयको परीक्षा बोर्डले नै केन्द्र सार्ने निर्णय गरेको बताएका छन्। 


 

कमेन्ट लोड गर्नुस