बैतडीमा टिप्पर दुर्घटना, एक जनाको मृत्यु
बैतडी: बैतडीमा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
आइतबार बिहान ९ बजे सुल्लेखानबाट ढुङगा लिएर मडतर्फ जाँदै गरेको सुपप्र ०१ ००१ क १५८४ नम्बरको टिप्पर दुर्घटना हुँदा शिवनाथ गाउँपालिका–२ पौखरका ४८ वर्षीय चालक हिक्मतसिह साउँदको मृत्यु भएको हो।
टिप्पर सडकबाट करिब दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ।
दुर्घटनाको कारण खुल्न सकेको छैन।