कैलालीमा जीप दुर्घटना, चालकसहित ६ जना घाइते
धनगढीः कैलालीमा जीप दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। जिल्लाको चुरे गाउँपालिका ४ चौतारी भन्ने स्थानमा चुरेबाट चौमालातर्फ आइरहेको से१ज ९८१ नम्बरको जीप शनिबार दिउँसो दुर्घटना हुँदा ६ जना घाइते भएको प्रहरीले जनाएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अत्तरियाले दुर्घटनामा परी चुरे गाउँपालिकाका २६ वर्षीय केशव सावद, २५ वर्षीय चन्दादेवी गौतम, ४५ वर्षीय हर्क सलामी, ४० वर्षीया दुर्गा रिजाल, ३२ वर्षीय नरेन्द्र चन्द र चालक २४ वर्षीय चक्रबहादुर खत्री घाइते भएको जनाएको छ।
उनीहरुको अवस्था सामान्य रहेकाले स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
जीप स्टेरिङ फेल भएर दुर्घटनामा परेको खुलेको प्रहरीले जनाएको छ।
जिप सडकबाट करिब २५ मिटर तल खसेको छ।